Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मात्रै ४ जनाको मृत्यु

बाँके। भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077