Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीर अस्पतालको कोभिड भ्याक्सिनमा अहेवहरुको मनपरी , प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । मुलुककै पुरानो वीर अस्पताल र ट्रमा सेन्टरमा ब्यापक भ्रष्टाचार भएको भन्दै  छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको मागसहित उजुरी परेको छ ।

भ्रष्टाचारमा संलग्नलाई कारवाहीको माग गर्दै कर्मचारी युनियनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उजुरी दिएको छ ।

वीर अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का कुलपतिलाई समेत सम्बोधन गरिएको पत्र प्रधानमन्त्री कार्यालयमा बिहीबार दर्ता गराएका हुन् ।

यसअघि युनियनले संसदको राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सीसीएमसी, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्री, न्याम्सका पदाधिकारी लगायतलाई पनि पटक पटक युनियनले अस्पतालभित्रको अनियमितता छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको थियो ।

अस्पतालभित्रको अनियमितता छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न उजुरीमा गरिएको छ । अस्पतालको खरिद एकाईले उपकरणहरु, अक्सिजन, मनिटर, भेन्टिलेटर, एबिजी मेसिन कमिसन नपाएका कारण मर्मत नगरेको उल्लेख छ । तर, पटक पटक दिएका उजुरीमा पनि अख्तियारले कारबाही नगरेको कुरा पनि प्रधानमन्त्रीलाई बुझाएको पत्रमा छ ।

त्यसैगरी,,कोटेशनमा महंगोमा सामान तथा ओपीडी छाप किनेको, कोभिड भत्ता र होटललाई पैसा भुक्तानी गर्दा अनियमितता गरेको, अघिल्लो बर्षदेखिकै कोभिड भत्ता, शैक्षिक भत्ता, सेवा विस्तार भत्ता, औषधि उपचार खर्च नदिएको उल्लेख छ ।

अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई समयमै तलव भत्ता नदिएको, उनीहरुलाई समान तलव नदिएको, कोभिड भ्याक्सिनमा अहेवहरु युवराज सुवेदी र नवराज श्रेष्ठले अनियमितता गरेको लगायत बिषय उल्लेख गरिएको छ। युनियनले कर्मचारीलाई जोखिम मोलेर काम गरेको सुविधा नदिने तर सामान खरिदमा अनियमितता गर्नेहरुको छानविन गरी दोषीलाई कारवाही गर्न जोडदार माग गरेको छ ।

अस्पतालमा तत्काल योग्य, सक्षम र अनियमिततामा संलग्न दोषी कर्मचारीमाथि गर्नसक्ने निर्देशक नियुक्तिको पनि माग समेत प्रधानमन्त्रीसमक्ष राखेका छन् । वीर अस्पतालमा निर्देशक खाली भएको महिनौं बितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077