Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यकामा कोरोनाको सुनामी : एकैदिन २९५६ जनामा संक्रमण पुष्टि

    उपत्यकामा कोरोनाको सुनामी : एकैदिन २९५६ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले हिजोबाट काठमाडौँ उपत्यकामा लकडाउन समेत लागू गरिएको छ। यद्यपि लकडाउनको दोस्रो दिन उपत्यकामा कोरोना संक्रमितको संख्यामा सुनामी नै आएको छ।

    यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २४ घण्टा २९५६ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा मात्रै २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    त्यस्तै पछिल्लो २४ घण्टामा मुलकभर थप ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१  जनामा पीसीआर परीक्षण र ५२५  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५६५७ र ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७  पुगेको  मन्त्रालयले जनाएको छ।



    आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार २७९  पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार