काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरी आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
१५ बर्षअघि नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक प्रवक्ता सन्तोष पौडेलले उल्लेख गरेका छन्। मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता पौडेलले बताए । उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको हो ।
https://twitter.com/NaSpokesperson/status/1388078384979263488