Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

    कैलालीमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    धनगढी। कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै, जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार