Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धनगढीमा कोरोनाको बिगबिगी : थप चार जना संक्रमितको मृत्यु

    धनगढीमा कोरोनाको बिगबिगी : थप चार जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 1.6K
    SHARES

    धनगढी। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



    त्यस्तै, धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजेको समयमा मृत्यु भएको जोशीले बताए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार