Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना भयाबह बन्दै : कन्चनपुरमा पनि थप ३ जनाको मृत्यु

    कोरोना भयाबह बन्दै : कन्चनपुरमा पनि थप ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 1.6K
    SHARES

    कञ्चनपुर। कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।

    महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए  । यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।



    यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार