काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएपछि अहिले नर्भिक अस्पताल ल्याइएको बताइएको छ । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।