Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं  पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री  खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् ।

हिजो सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले लेखेका छन्,  'हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु साथै उहॅाको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउॅछु ।'

https://www.facebook.com/madhavnepaluml/posts/1712984338888014

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077