Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं। देशभर कोरोना संक्रमणले भयावह स्थिति निम्तिएको भन्दै सरकारकाले हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ।

बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राख्दै सरकारले आज मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । यस्तै बुधाबारदेखि अन्तराष्ट्रिय उडान बन्द गर्ने सरकारले निणर्य गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार उडान बन्द गर्ने निर्णय गरेको हो।

सरकारले बुधबारदेखि भारत, ब्राजिल र दक्षिण अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077