Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निषेधाज्ञामा पनि लुट, २५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ ।

तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

क प्र२–००१–क ०१२१ नंको मालबाहक ट्रकमा खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो, बियर चाउचाउलगायतका सामानभित्र अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्लाका विभिन्न स्थानमा ढुवानी गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भानुचोकबाट चालक शाहीलाई पक्राउ गरिएको उनले बताए ।

गोल्डेन कम्पनीको कर छली गरी ल्याइएको रु पाँच लाख बराबरको २५ बोरा लिप्स नामको सुर्तीसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077