Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनीका दुई सांसद पुन: एमालेमै फर्किए, मुख्यमन्त्री पोखरेललाई राहत

बुटवल। लुम्बिनी प्रदेशका दुईजना सांसदले २४ घण्टा नबित्दै निर्णय परिवर्तन गरेका बताएका छन्। आइतबार नेकपा एमाले संसदीय दल छाडेर
मुख्यमन्त्री शंकर पोखरेललाई अफ्ठ्यारोमा पारेर माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई साथ दिन पुगेका दुई सांसदहरुले आफ्नो निर्णय परिवर्तन गरेको बताएका हुन्।

सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीली आज एक बिज्ञप्ति जारि गरी आफुहरु पुन एमाले संसदीय दलमै रहने गरी फर्किएको जानकारी दिएका छन्।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा सूर्य चिन्हबाट लडेकाहरू अन्य पार्टीमा जान सक्ने कानुनी व्यवस्था नै नरहेको तर्क गरेसँगै उनीहरु एमाले संसदीय दलमै फर्किएका हुन्।

श्रीवास्तव कपिलबस्तु(-२ ख बाट निर्वाचित हुन् भने शाही नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित भएका थिए।

उनीहरुले एमाले संसदीय दलमै फर्किएर मुख्यमन्त्री पोखरेललाई समर्थन जनाउने बताएका छन्। दुवै स्वतन्त्र सांसद माओवादीलाई सघाउन गएपछि अफ्ठ्यारो परेका पोखरेललाई यो निर्णयले केही राहत मिलेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077