Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुन तस्करीमा नयाँ टेक्निक, विमानस्थलबाट ५ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एयर अरेबियाबाट नेपाल आएका गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, हिमालय एयरबाट नेपाल आएका नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र नेपाल एयरलाइन्समार्फत नेपाल आएका कास्कीका राजु विक रहेका छन् ।

पक्राउ परेका उनीहरुले स्पीकरको पंखामा लुकाएर सुन ल्याएका थिए। एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

एसएसपी खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया मात्र हुन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077