Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केन्द्रदेखि प्रदेशसम्म एमालेको राज, गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न मन्त्रीपरिषदको सिफारिस

    केन्द्रदेखि प्रदेशसम्म एमालेको राज, गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न मन्त्रीपरिषदको सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    आज बालुवाटारमा बसेको बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।



    उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् । उनीहरु दुबैलाई हटाएर केन्द्रदेखि प्रदेशसम्म नेकपा एमालेको नेताहरुलाई जिम्मेबारी दिईन लागेको हो।



    मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ । उनीहरु प्रधानमन्त्री एवं नेकपा एमाले केपी शर्मा ओली निकट मानिन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार