Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रमेश खरेलद्वारा मन्त्री दीपक मनाङेलाई 'फ्याउरे गुण्डा'को संज्ञा

काठमाडौं । गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका  चर्चित 'डन' राजिब गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्यालले स्यालुट हानेको तस्बिर सामाजिक सन्जालमा एकाएक भाइरल बन्यो।

मनाङेले मन्त्री बनेपछि नेताहरुलाई पाठ सिकाएर भाषण दिन थालेका छन्।  यही बेला नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भने मनाङेलाई 'फ्याउरे गुण्डा'को संज्ञा दिएका छन् ।

आइतबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै खरेलले यस्तो बताएका हुन् ।

पूर्व डिआइजी खरेलले भने, ‘दीपक मनाङे एउटा फ्याउरे गुण्डा हो । मन्त्री भयो । त्यसबाहेक तीन करोड नेपाली जनतालाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन् । हिजो पनि भए, अहिले पनि छन् र भोली पनि हुन्छन । दीपक मनाङे जस्तो मान्छे एउटा फ्याउरे गुण्डा मन्त्री हुनु कुनै ठूलो कुरा होइन ।’

तत्कालिन डिआइजी खरेल प्रतिष्पर्धी सर्वेन्द्र खनाल आइजीपी बनेपछि राजिनामा दिएर बसेका थिए ।

उनले दीपक मनाङेलाई पटक- पटक पक्राउ गरेर मुद्दा चलाएका थिए । पूर्व आइजीपी खनाल र सांसद तथा पूर्व डिआईजी नववाज सिलवालले पनि मनाङेको अपराधको सन्जाल भत्काएका थिए।

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पद जोगाउने नाममा युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए । जुन कुराले सिंगो एमाले पार्टीको सामाजिक सन्जालमा चर्को आलोचना र बदनाम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077