Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर र ट्रमाको छानविन समितिलाई स्वास्थ्य मन्त्रालयको ताकेता

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको छानविन बारे प्रशासनले वेवास्था गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः ताकेता पत्र पठाएको छ । मन्त्रालयले ताकेता पत्र पठाएको एक सता पुग्नै लाग्दा समेत अझै पनि वीर र ट्रमा सेन्टर प्रशासन कानमा तेल हालेर बसेको छ ।

वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले २०७७ फागुन ३ गते वीर अस्पताल तथा ट्रमा सेन्टरमा भएको अनियमित कर्मचारी भर्ना, उपकरण खरिद, उपकरण मर्मत, कर्मचारी समायोजन हुन नक्कली विरामी भएको मेडिकल बोर्डबाट बनाएको सिफारिस, आफू निकटसँग कोटेशनमा सामान खरिद गर्दा भएको अनियमितता र न्याम्स विरोधी दुवाकोट परियोजना र सर्जिलक भवन सञ्चालन गर्न इच्छुक नभएका रेक्टर डा. सुवोध अधिकारीको सम्पत्ति छानविनलगायतका विषयमा मन्त्रालयमा उजुरी दिएको थियो ।

त्यस अघि नै राष्ट्रिय सर्तकता केन्द्रको छानविन प्रतिवेदनले दोषी देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरिसकेको थियो । सोहि सिफारिस अनुसार संघले दोषीमाथि थप छानविन गरी कारबाही गरि पाऊँ भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो ।

सोही उजुरीलाई आधार मानी प्रधानमन्त्री कार्यालयले २०७७ फागुन ५ गते नै स्वास्थ्य मन्त्रालयलाई पत्र काटी सो समन्धमा छानविन गर्ने निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले २०७७ फागुन १३ गते नै १५ दिन भित्र छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारी जोशी संयोजक रहेको समिति गठन गरेको थियो । तर, उक्त समितिले हालसम्म छानविन प्रतिवेदन नबुझाएपछि मन्त्रालयले बैशाख १४ गते छानविन समितिलाई तीन दिन भित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको हो ।

तर, ताकेता पत्र काटेको एक साता पुग्नै लाग्दा पनि समितिले काम गर्न सकेको छ । समितिले हालसम्म पनि किन छानविन गर्न नसकेको हो भन्ने बारे हामीले बुभ्mदा एक सदस्यले वीर र ट्रमाले आवश्यक कागजात उपलब्ध नगराउँदा काम गर्न नसकिएको प्रतिक्रिया दिए । वीर र ट्रमाको खरिद एकाईले आफ्नो अनियमितता पर्दाफास हुने भएपछि समितिको निर्देशनलाई नै आलटाल गर्दै आएको छ ।

[insert page='62281' display='yopanipadhnuhos.php']

यसैबीच कर्मचारी युनियनले कोभिड भत्ता, सेवा बिस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको छ ।

त्यसैगरी युनियनले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई ३–३ महिना सम्म तलव नदिएको, कोभिड भत्ता नदिएको तर कमिसन आउने ब्यापारीलाई भने भटाभट रकम निकासा गरेको विषयमा पनि छानविन गर्न माग गरेको छ ।

त्यस्तै वीर अस्पताल युनियनले गत बर्ष कोभिड भएका कर्मचारी होटलमा राख्दा खरिद प्रमुख र कोभिड फोकल पर्सन डा. अच्चुत कार्कीले भष्ट्राचार गरेको हुँदा छानविन गर्ने माग गर्दे समयमै तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आबश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था, कर्मचारी विरामी हुँदा उपचार र बेडको ब्यावस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077