Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

शसस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

मोरङ।  शसस्त्र प्रहरीको टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका -१६ दरैयास्थित सीमा इलाकाबाट बैशाख १९ गते स्रोत नखुलेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले यादवको साथमा ५ लाख रुपैयाँ र  चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077