Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोरङमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु

    मोरङमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    विराटनगर। कोरोना सङ्क्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् ।

    मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।



    इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको थियो । निजलाई निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।



    यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ ।

    प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । कोरोना पुष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताए ।

    बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेशनमा आज मृत्यु भएको छ  .उनलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार