Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु

    विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    मोरङ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार राति र बिहीबार दिउँसोसम्म गरी सात जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार कोसी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।



    त्यस्तै, विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् ।



    पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।

    नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार