Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विराटनगर महानगरमा भदाै १० गतेसम्म निषेधाज्ञा जारी

    विराटनगर महानगरमा भदाै १० गतेसम्म निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी भएको छ । महानगरमा लकडाउन हुँदै गर्दा पनि हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्येरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

    विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन शुक्रबार समाप्त भएपछि निषेधाज्ञा जारी भएको हो । महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेपनि सुरक्षा समितिले ५ दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।



    विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको भएपनि मानिसहरुको आवागमनमा थप कडाई गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए । निषेधाज्ञामा सार्वजनिक सेवाका क्षेत्रको सवालमा अहिले भइरहेका कामहरुले भने निरन्तरता पाउने प्रजिअ निरौलाले जानकारी दिए । अत्यावश्यक सेवा बाहेकका काम भने बन्द हुनेछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार