Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सभामुख र सांसदहरुको कोरोना परीक्षण गरिने

    सभामुख र सांसदहरुको कोरोना परीक्षण गरिने

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख र सांसदहरुको आज कोरोना परीक्षण हुने भएको छ ।

    बैशाख २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।



    नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ ।



    सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र संसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण हुनेछ ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहितको पिसिआर परीक्षण भने भोलि गरिने संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार