Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चितवनमा कोरोनाको भयावह : १८ घण्टामा मात्रै ८ जनाको मृत्यु

    चितवनमा कोरोनाको भयावह : १८ घण्टामा मात्रै ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    चितवन । विश्वव्यापी फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय देशभर मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढेको छ। मंगलबार मात्रै मुलुकभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको थियो भने हालसम्म नेपालमा तीन हजार पाँच सयको हाराहारीमा मृत्यु हुनेको संख्या पुगेको छ।

    यसैबीच, चितवन जिल्लाका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार मध्याह्नदेखि बुधबार बिहानसम्म आठ जनाको मृत्यु भएको चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए।



    मृत्यु भएकामध्ये पाँचजना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । जसमा चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ ।



    डा अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

    यस्तै, भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार