Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना महामारीमा भारतले चीनलाई दियो झट्का , ५-जी ट्रायलमा चिनियाँ कम्पनीलाई अनुमति दिइएन

    कोरोना महामारीमा भारतले चीनलाई दियो झट्का , ५-जी ट्रायलमा चिनियाँ कम्पनीलाई अनुमति दिइएन

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। चिनियाँ टेलिकम कम्पनीहरूलाई भारतमा फाइभ-जी (५-जी ) टेक्नोलोजी ट्रायलमा अनुमति नदिने निर्णय भएको छ। जुन निर्णयलाई चीनले  चिन्ताजनक र अफसोसपूर्ण भनेको छ । भारत र चीनबीच सिमा बिबादपछि अब प्रबिधीमा बिबाद शुरु भएको हो ।

    द हिन्दू अखबारका अनुसार भारतीय विदेश मन्त्री एस.जयशंकरले बुधबार लन्डनमा ‘ग्लोबल डायलग’  सीरिजको कार्यक्रममा भारतको दृष्टिकोण प्रस्तुत गर्दै  यदि सीमामा तनाव भयो भने अन्य क्षेत्रमा राम्रो सम्बन्ध ‘साँचो’ हुन नसक्ने वताएका थिए ।



    यद्यपि जयशंकरले ५-जी मुद्दाहरूको विशेष उल्लेख गरेनन्।  तर, सम्बन्धमा भारतको दृष्टिकोण धेरै व्यापक रहेको उल्लेख गरे ।



    उनले भने, ‘एकातिर सीमामा रक्तपात, टकराव, जबरजस्ती धम्कीको काम छ र त्यसपछि चीन भन्छ-अन्य क्षेत्रमा पनि राम्रो सम्बन्ध बनेको छ। यो वास्तविक छैन।’

    दूरसञ्चार विभागले मंगलबार टेलिकम सेवा प्रदायक (टीएसपी) कम्पनीहरूलाई ५-जी टेक्नोलोजी ट्रायल गर्न अनुमति दिएको थियो।
    यससँग, ख्वे र जेडटीई जस्ता चिनियाँ कम्पनीहरू भारतमा ५-जी छनौटबाट रोकिए ।

    टेलिकम मन्त्रालयको भनाइ अनुसार भारतीय एयरटेल लिमिटेड, रिलायंस जियो इन्फोकम लिमिटेड, भोडाफोन आइडिया लिमिटेड र एमटीएनएल टीएसपी आवेदक हुन्। यी  कम्पनीहरूले मूल उपकरण निर्माता र टेक्नोलोजी प्रदायक एरिक्सन, नोकिया, सामसुङ र सी-डटसँग सम्झौता गरेका छन्।

    नयाँ दिल्लीमा चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गरेको थियो, ‘हामी चिन्तित छौं र अफसोस गर्छौं कि चिनियाँ टेलिकम कम्पनीहरूलाई भारतमा भारतीय टेलिकम सेवा प्रदायकहरुसँग ५-जी परीक्षणमा भाग लिन अनुमति दिइएको छैन।’

    प्रवक्ता वाङ शाचियानले भने, ‘उपयुक्त चिनियाँ कम्पनी वर्षौंदेखि भारतमा सञ्चालन गर्दै आएका छन्, उनीहरूले ठूलो संख्यामा रोजगार पाएका छन् र भारतको दूरसञ्चार पूर्वाधार निर्माणमा योगदान गरिरहेका छन्।’

    उनले भने ,  ‘चिनियाँ टेलिकम कम्पनीहरूलाई ट्रायलबाट हटाउनाले उनीहरूको वैध अधिकार र चासोलाई हानी पुर्‍याउँछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार