Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीमामा भारतले अनावश्यक माग राखेर ढिपी कसेको चीनको आरोप

    सीमामा भारतले अनावश्यक माग राखेर ढिपी कसेको चीनको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीन-भारतबीचको विवादित सीमा बैठक बिनानिस्कर्ष टुंगिएको छ।

    साउथ चाइना मर्निङ पोष्टका अनुसार दुई देशबीच सोमबार बिहान सम्पन्न १३ औं सैन्य बैठक एक अर्कालाई दोषारोपण गर्दै बिनानिस्कर्ष टुंगिएको हो।



    बैठकमा चीनले भारतले सीमा सम्बन्धमा अनावश्यक माग राखेको आरोप लगाएको छ ।



    समाचारका अनुसार चिनियाँ वेस्टर्न थियटर कमान्डका प्रवक्ता लोङ साओहुवाले दुई देशबीचको उच्चस्तरीय सैन्य बैठकमा भारतले अनावश्यक माग राखेको दाबी गरेका छन् । ‘वार्तामा चिनियाँ पक्षले भने विवादित सीमा समस्या समाधानका लागि इमान्दारिकताका साथ ठूलो प्रयास गरिरहेको छ, ‘उनले भनेका छन्, ‘तर भारतीय पक्ष भने अझै पनि अनावश्यक र अनुचित मागमै ढिपि कसिरहेको छ । यसले दुई पक्षीय वार्तालाई अझै कठिन बनाएको छ।’

    यता भारतले भने विवादित सीमानाको अवस्था सुधार्न दिइएको सुझाव चीनले अस्वीकार गरेको भन्दै चीनको आरोप अस्वीकार गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार