Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

    भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ ।

    चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् ।



    उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन् । सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताए ।



    एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने,‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार