Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीमा विवादबारे भारत र चीनबीच १४ औं चरणको वार्ता हुने

    सीमा विवादबारे भारत र चीनबीच १४ औं चरणको वार्ता हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४ औ चरणको वार्ता हुने भएको छ ।

    यसअघि बिहीबार दुबै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को वार्तापछि पूर्वी लद्दाखमा तनाब अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो ।



    बैठकपछि भारतीय विदेश मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औं चरणको वार्ता हुनेछ।’ सीमा क्षेत्रमा उत्तेजक गतिविधि नगर्न पनि दुवै देश सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।



    यसअघि भारत र चीनबीचको अन्तिम सम्पर्क गत अक्टोबर १० मा  भएको थियो। यो १३ औं चरणको वार्ता थियो ।

    प्याङगोङ तालनजिक दुबै देशका सेनाको आमने सामनेपछि गत वर्षको मे महिनामा लद्दाखनजिक चीन र भारतका सेनाबीच दोहोरो झडप भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार