Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो

    भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। भारतसँग जारी सीमा विवादकाबीच चीनले आफ्नो सीमा सुरक्षालाई थप मजबुत बनाउन शनिबार नयाँ कानून पारित गरेको छ ।

    चीनको नयाँ कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको स्थिति र दक्षिण पूर्व एशियाबाट कोरोना महामारीलाई आफैंमा राख्नको लागि एक प्रयासको रूपमा देखिएको छ।



    समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको यो नयाँ सीमा कानून अर्को वर्ष जनवरी १ बाट लागू हुँदैछ। यो कानून कसरी सीमा सुरक्षा ब्यवस्थाप्रति लक्षित छ ।



    तालिवान सत्तामा फर्किएपछि चीनले अफगानिस्तानको स्थितिलाई निरन्तर निगरानी गरिरहेको छ। अफगानिस्तान शरणार्थीहरु साथै सिन्जियाङ प्रान्तको वेइगर मुसलमानहरुसंग सम्बन्धित इस्लामी चरमपन्थीहरु सीमा पार गर्न सक्ने चिन्ता चीनलाई छ ।

    सन् २०२० को अप्रिलदेखि भारतसँगको सीमामा चिनियाँ र भारतीय सैनिकबीच तनावको अवस्था छ । भियतनाम र म्यानमारबाट गैरकानुनी रुपमा सीमा पार गर्ने मानिसका कारण कोरोना संक्रमणको बढ्दो केसलाई सामना गर्न पनि चीनलाई चुनौती छ ।

    विगत ७२ वर्षको इतिहासमा चीनले सीमा सुरक्षा व्यवस्थापनसम्बन्धी कानुन पारित गरेको यो पहिलो पटक हो। चीनको  १४ देशहरुसंग २२ हजार किलोमिटर लामो सीमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार