Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतीय सीमामा चिनियाँ सेनाले अत्याधुनिक हतियार राखेको खुलासा

    भारतीय सीमामा चिनियाँ सेनाले अत्याधुनिक हतियार राखेको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । रात्रीकालीन सैन्य अभ्यासका लागि चिनियाँ सेनाले भारतीय सीमा नजिकै रहेको वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार उपलब्ध गराएको छ ।

    आइतबार साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचार अनुसार रात्रिकालीन सैन्य अभ्यास र नयाँखाले हातहतियार र सैन्य उपकरण चिनाउन चीनको पिपुल्स लिवरेसन आर्मीले यस्तो प्रयास गरेको हो ।



    यस्तै, पिएलए डेलीका अनुसार शरद ऋतुको सुरुवातसँगै सिनजियाङका विभिन्न सैन्य बलले रात्रिकालीन सैन्य अभ्यासका लागि भारतीय सीमानजिकै रहेको करिब ५ हजार उचाईमा अत्याधुनिक उपकरणहरु पुर्‍याइरहेका छन्।



    पुरानो जेनेरेसनको जे–७ फाइटर जेटको सट्टा अत्याधुनिक जे–१६ बहुउपयोगी युद्दक उपकरणसँगै नयाँखाले पिएचएल ११ ट्रक, बहु प्रणालिमा आधारित स्वचालित १२२ मिलिमिटरका रकेट लन्चर आदि हिमाली क्षेत्रमा राखिएको पिएलएका पुर्व प्रशिक्षक सङ जोङपिङले बताए।

    सन् २०१७ मा चीनको सेनाले भारतसँग जोडिएको हिमाली क्षेत्रको सीमा अवलोकलनका लागि डोक्लाम प्लेटमाथि अवलोकन पोष्ट निर्माण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार