Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारत–चीन विवाद: चिनियाँ मिडियाले के भने ?

    भारत–चीन विवाद: चिनियाँ मिडियाले के भने ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । चिनियाँ सञ्चारमाध्यमले गत वर्षदेखि (चीन-भारत)दुई देशबीचको सीमा विवाद समाधानका लागि १४औँ चरणको वार्ताअघि द्विपक्षीय सम्बन्धलाई पुनःस्थापनामा ल्याउन भारतलाई आग्रह गरेका छन् ।

    चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सका अनुसार १४ औं चरणको यो उच्चस्तरीय बैठक कहिले हुने भन्ने टुंगो लागेको छैन ।



    पूर्वी लद्दाखको एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा भारत र चीनबीच जारी सीमा विवाद समाधान गर्न वरिष्ठ सैन्य कमाण्डर स्तरको १३ औं चरणको वार्ता निष्कर्षविहीन भएको छ।



    यस बैठकपछि भारतले चीन एलएसीमा यथास्थिति पुनर्स्थापित गर्न तयार नभएको बताएको थियो। हाल, पूर्वी लद्दाखको एलएसीमा हट स्प्रिंग्स, देप्साङ बल्ज र चारडिङ नाला जंक्शनलाई लिएर दुई देशबीच विवाद छ।

    यसैबीच चीनले जारी गरेको विज्ञप्तिमा भारतले अवास्तविक र अव्यहारिक मागहरू उठाउँदै आएकोले समस्या निम्त्याइरहेको उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार