Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीमाका सुरक्षा फौज फिर्ताबारे चीनसमक्ष भारतले राख्यो यस्तो प्रस्ताव

    सीमाका सुरक्षा फौज फिर्ताबारे चीनसमक्ष भारतले राख्यो यस्तो प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । विवादित हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता भारतले चीनसमक्ष प्रस्ताव राखेको छ ।

    बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुसान्वेमा आयोजित क्षत्रीय भेलाको अवसरमा भारतले चीन समक्ष यस्तो प्रस्ताव राखेको हो।



    स्रोतका अनुसार भेटमा दुई देशबीचको सीमा सुरक्षा सम्बन्धमा छलफल भएको थियो । यस अवसरमा भारतीय विदेशमन्त्रीले आफूहरुको विवादित हिमालयन बोर्डरमा खटिएका चीन र भारतका सेना फिर्ता गरे मात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने बताए ।



    भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत उल्लेख गरेका छन् , ‘भेटमा सीमा क्षेत्रबाट सेनालाई हटाउने सम्बन्धमा छलफल भयो । हिमालयन सीमा क्षेत्रमा खटिएका चीन र भारतका सेनालाई दुबै देशले हटाएमा दुबै देशबीच सम्बन्ध राम्रो हुनेछ । दुई पक्षीय विकासको लागि सीमाबाट सेना हटाउन आवश्यक छ ।’

    हजारौँ भारतीय र चिनियाँ सैनिक सीमावर्ती हिमालयन क्षेत्रमा खटिएका छन् । दशकौँ लामो हिमालयन क्षेत्रको सीमा विवादमा गत वर्षदेखि दुबै देशका सेनाबीच टकराव जारी छ ।

    सीमा विवादकै कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार