Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा, नेपाल पक्षलाई थप कारवाही !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

थापाका अनुसार आगामी बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने र आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादीसहित अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा बैठकले थप कारवाही गर्ने तयारी गरिएको बाुलवाटार स्रोतले जनाएको छ ।

यस्तै, संसदमा विश्वासको मत माग्न भन्दै बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग गरिएको छलफलबारे पनि अध्यक्ष ओलीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

हिजो बैठकमा सभापति देउवाले आफूहरुले विश्वासको मतमा सहयोग नगर्ने बताएका थिए भने बुधबारै माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा बुझाईसकेको छ। यस्तो अबस्थामा बस्न लागेको पार्टीको स्थायी कमिटी बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077