Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाँकेमा कोरोनाको महामारी : पछिल्लो २४ घण्टाभित्र १२ जना संक्रमितको मृत्यु

बाँके । बाँकेमा थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्र बाँकेमा उपचाररत ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मृत्यु हुनेमा १० जना बाँकेका तथा एक/एक जना दाङ र जाजरकोटका छन्।

काठमाडौंबाट ल्याउँदै गर्दा कोलहपुर नगरपालिका- १ की ७३ वर्षीया महिलाको बिहान ५ बजेतिर बाटोमै मृत्यु भएको हो। त्यस्तै दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ का ७५ वर्षीय संक्रमित महिलाको बुधबार राति सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यसैगरी, जिल्लाको नरैनापुर गाउँपालिका-१ का ५६ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे, कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार राति ९:४० बजे, नेपालगञ्ज १९ का ७७ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहान साढे ४ बजे, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको बिहान १: ४० बजे भेरी अस्पतालमा, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे १२ बजे, नेपालगञ्ज १० का २७ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार राति १०:२२ मा मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए।

त्यस्तै, बाँकेको नेपालगञ्ज १ का ५८ वर्षीय पुरुषको बुधबार १० बजे राति भेरी अस्पतालमा, नेपालगञ्ज १० की ७८ वर्षीया महिलाको बुधबार बेलुका साढे ७ बजे, नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुषको बुधबार बेलुका सवा ८ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

त्यस्तै, जाजरकोटको भेरी नगरपालिककी ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा बुधबार राति ९ बजे मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077