Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्दको अविश्वास प्रस्तावमाथि २७ गते मतदान हुने

काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ।

यसअघि गत बैशाख १५ गते राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि उनी सम्पर्कविहीन भएको भन्दै बैठक स्थगित भएको थियो । त्यतिबेला जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

आगामी २७ गतेको बैठकमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको छ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव गरेका हुन् ।

सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएको स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077