Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इतिहासमा ओलीको नाम कलङ्कितहरुको स्थानमा हुनेछ : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम कलङ्कितहरुको स्थानमा हुने बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले मूर्खबाट नडराउनु धूर्तबाट जोगिनु भन्नुपर्ने स्थितिमा पनि प्रधानमन्त्री ओलीले भ्रष्ट्राचारीलाई संरक्षण गरेको भन्दै यस्तो बताएका हुन्।

नेता पौडेलले आज सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो मूर्ख्याइँलाई विकासको नाम दिएर जनतालाई छारो हाल्ने काम गरेको भन्दै चरम धुर्त्याई गरेको उल्लेख गरेका छन्।

ट्वीटरमा उनले लेखेका छन्, 'मूर्खबाट नडराउनुुस् धूर्तबाट जोगिनुस् भन्नुपर्ने स्थिति छ ।आफ्नो मूर्ख्याइँलाई विकासको नाम दिएर जनतालाई छारो हाल्ने, चरम धुर्त्याईं गरेर भ्रष्टचारीलाई संरक्षण गर्ने अझैपनि ओलीले भ्रण्टाचारिलाई ममताको भाषा प्रयोग गर्छन् भने इतिहासमा उनको नाम कलङ्कितहरुकाे स्थानमा हुनेछ ।'

https://twitter.com/paudelpradipNC/status/1390284021708460032

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077