Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीद्वारा अक्सिजनका सिलिण्डरहरुको खोजीमा तिव्रता, ललितपुरमा मात्रै १५९ वटा संकलन

ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरले कोभिड-१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ वटा अक्सिजन सिलिण्डरहरुको  संकलन गरेको छ । 

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसी बैठकको निर्णयमार्फत् अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० वटा, किस्ट मेडिकल कलेजलाई ३०, बज्रबाराही अस्पताललाई १० र अल्का अस्पताललाई १५ वटा अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाएको प्रहरीले जनाएको छ। 

साथै, ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान बिभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग बिभागको समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन समेत गरेका छन्। 

प्रहरीले स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा तिव्रता ल्याउदै नागरिकमा यस सम्बन्धि जानकारी भए नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गर्न प्रहरी परिसर ललितपुरले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077