Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खोप प्रकरणबारे गगन भन्छन् - प्रधानमन्त्री ओली आफैं संलग्न हुनुभयो

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना भाइरसविरुद्दको खोप प्रकरणमा प्रधानमन्त्री केपी शर्माओली आफैं संलग्न भएको आरोप लगाएका छन्।

पछिल्लो समय कमिसनमा कुरा नमिल्दा प्रधानमन्त्री ओली निकट मानिने व्यापारीहरुले खोप नल्याउदा त्यसको जिम्मा प्रधानमन्त्री ओलीले भन्दै आलोचना भइरहेको बेला पूर्वमन्त्री थापाले यस्तो आरोप लगाएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले खोप प्रकरणमा भएको अनियमितता मात्र नभइ अपराध भएको र त्यो प्रधानमन्त्री ओलीलाई थाहा भएको उल्लेख गरेका छन्।

तर, प्रधानमन्त्री ओलीले त्यसलाई नरोकेको र आफैं संलग्न भएको आरोप लगाउदै थापाले आरोपितलाई नै खोप प्रकरणबारे छानबिन गर भन्नुको केही अर्थ नभएको उल्लेख गर्दै भनेका छन्,‘ संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।'

उनले लेखेका छन्, 'खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सव प्रधानमन्त्रीज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो। जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन । संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।'

https://twitter.com/thapagk/status/1390523208353210369

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077