Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दोस्रो तहका नेताहरुको चर्को दवाबमा ओली-नेपाल

निर्मल बाबु लामिछाने / काठमाण्डौ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा शीर्ष नेताहरुबीच कुरा नमिल्दा पार्टी नै फुटतर्फ जानसक्ने देखिएको छ। पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनालबीच मत बाझिदै आएको देखिन्छ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपश्चात् दुई धुर्वहरुमा बाडिएका शिर्षथ नेताहरुबीच आन्तरिक द्वन्द चर्किदै आएको छ। पार्टीमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई पार्टीमा गुट चलाएको भन्दै स्पष्टिकरण र कारवाही गरेको र नेपाल पक्षले ओलीको एकलौटी निर्णय स्वीकार नहुने भन्दै आफ्नो अडान राख्दै आउदा पार्टी जुटतिर भन्दा फुटतिर लम्केको हो।

यसैबीच, फुटले कसैलाई पनि फाइदा नपुग्ने भन्दै केही मध्यक्रममा नेताहरु भने कहिले यता त कहिले उता छलफल र वार्ताका लागि होमिएका छन्। स्रोतका अनुसार मध्यक्रममा नेताहरुको चर्को दवाबपछि आज प्रधानमन्त्री ओली र निलम्बनमा परेका वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता हुने भएको छ ।

स्रोतले भन्यो, ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको छ । आज भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै समय भने टुङ्गो नलागेको स्रोतको भनाइ छ।

भेटवार्ता सकभर पार्टी कार्यालय थापाथलीमा वा कुनै होटलमा हुन सक्ने बताइएको छ।

यसैबीच पार्टी एकजुट बनाउनको लागि बिहीवारमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता नेपालसँग छलफल गरेकी थिइन् भने मध्यक्रममा नेताहरु योगेश भट्टराई र घनश्याम भुसालले पनि प्रधानमन्त्री ओलीसंग संबाद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077