Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङे भन्छन् - रमेश खरेल दिमागको बिरामी हो, फिल्म हेर्दै मान्छे कुट्ने बानी परेको छ

काठमाडौं । गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा  चर्चित ‘डन’ राजिब गुरुङ उर्फ दीपक मनाङे नियुक्त भएपछि सामाजिक सन्जालमा उनी एकाएक भाइरल बने।

गुण्डा मन्त्री बनेको भन्दै मनाङेले चर्को आलोचना र केही समर्थन पनि पाए। यही आलोचनाको बीचमा  नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भने मनाङेलाई ‘फ्याउरे गुण्डा’को संज्ञा दिएपछि त सामाजिक सन्जालमा झनै चर्चाको बिषय बन्यो।

पूर्व डिआइजी खरेलले एक टेलिभिजनमा मनाङेप्रति प्रतिक्रिया दिंदै भनेका थिए,, ‘दीपक मनाङे एउटा फ्याउरे गुण्डा हो । मन्त्री भयो । त्यसबाहेक तीन करोड नेपाली जनतालाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन् । हिजो पनि भए, अहिले पनि छन् र भोली पनि हुन्छन । दीपक मनाङे जस्तो मान्छे एउटा फ्याउरे गुण्डा मन्त्री हुनु कुनै ठूलो कुरा होइन ।’ खरेलले आफुमाथि फ्याउरे गुण्डाको आरोप लगाएपछि मनाङेले पनि खरेललाई कडा जवाफ दिएका छन्।

मनाङेले खरेललाई दिमागी हालत विग्रेको आरोप लगाएका छन् । मनाङेले मन्त्रालयमै बसेर खरेलप्रतिको गरेको टिप्पणी सार्वजनिक भएको छ । मनाङेले भनेका छन्, ‘यसको दिमाग तुरुन्तै क्यारेक्टर बदल्ने खालको छ ।

यो वीरगञ्जको चिफ हुँदा सिंगम मुभि हेरेर बाटोतिर रिक्सावालाहरुलाई किक हान्दै हिँडेछ । दबंग हेरेर आएपछि बाटोमा झाडु लगाउन शुरु भो,’ उनको टिप्पणी छ,‘यस्तो मान्छेलाई नेपाल सरकारले किन आइजीपी बनाएन होला । खास कारण त्यो हो । नेपालतिर यो दिमागलाई ठूलो मान्दैन तर विदेशतिर यसलाई ठूलो मुद्दा बनाइन्छ ।’  खरेलले प्रहरी हिरासतभित्र गएर युवाहरुलाई कुट्ने गरेको आरोप समेत मनाङेले लगाए ।

‘अहिले यसलाई रिस उठ्यो भने घरमा भएको स्वास्नी पिट्ने हो । बाहिर कसैलाई कुट्न पाउँदैन । अहिले हैसियत नै छैन,’ मनाङेले भने,‘यसले चुनाव लड्छु भन्यो । मलाई लाग्छ यसले कतै फिल्म हेर्यो । यसले आफूलाई नेता जस्तो ठानेर भाषण गर्दै हिँड्यो । मेरो दाईको क्लास मेट हो । धेरै बानी भएको कारण यो पनि हो ।’

खरेलले चुनाव जितेर कुनै पनि हालतमा नआउने भविष्यवाणी समेत मनाङेको छ । ‘चुनाव जितेर आउँदैन । यसलाई काभ्रे जस्तो ठाउँमा मान्छे नै गन्दैन । खरेलथोक भन्ने ठाउँ यस्तो छ कि यसलाई त्यहाँको खरेलले मन पराउँदैन,’ मनाङेले थप भने ,‘तर यो समानुपातिकबाट सांसद बन्न सक्छ । पैसा दिएर सांसद बन्ने हो । सांसद बनेर आएपछि यसले कुनै फिल्म हेर्छ र संसद भवन भित्र यसको कुरा नमान्ने हो भने सबैलाई गोली हान्न सक्छ । यसको विमार नै यस्तो खालको छ । यसलाई उपचारको जरुरी छ । घरमा श्रीमतीलाई पनि जोगाउनुपर्छ । यसले श्रीमतीलाई मार्न सक्छ ।’

https://www.youtube.com/watch?v=8d-cQSXRQns

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077