Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संवैधानिक परिषदको बैठक सकियो, संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगलगायत रिक्त रहेका संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति गर्न सिफारिस गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति गर्न सिफारिस गरिएको स्रोतले बताएको छ।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको सहभागी रहेको थियो।

स्रोतका अनुसार बिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको कोट बाट पनि सिफारिस गरिएको छ। यद्यपि सिफारिस गरिएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077