Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले विश्वासको मत लिने अघिल्लो दिन : राजनीति थप तरंगित, बूढानीलकण्ठबाट सीधै बालुवाटार

    प्रधानमन्त्रीले विश्वासको मत लिने अघिल्लो दिन : राजनीति थप तरंगित, बूढानीलकण्ठबाट सीधै बालुवाटार

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नयाँ सरकार गठन अर्थात् सत्ता समिकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको दौडधुप बढेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भोलि विश्वासको मत लिने भएपछि त्यसको अघिल्लो दिन (आज) जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको दौडधुप बढेको हो।



    आज बिहानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका जसपाका ठाकुर र महतो यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको स्रोतले बताएको छ।



    स्रोतका अनुसार बूढानिलकण्ठमा झन्डै डेढ घन्टा कुराकानी गरेका ठाकुर र महतो देउवाको निर्णय सुनाउन बालुवाटार पुगेका हुन् । तर, जसपामा दुई धार रहेको छ, जसमा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको विपक्षमा छन् भने अर्का अध्यक्ष ठाकुरसहितका केही नेताहरु ओलीको पक्षमा छन् ,

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने समय नजिकिँदै जाँदा राजनीति थप तरंगित बनेको छ । यही विषयमा सत्तारुढ नेकपा एमाले पनि विभाजनको संघारमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार