Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक, क-कसले पाए जिम्मेवारी ?

    प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक, क-कसले पाए जिम्मेवारी ?

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशन गराउनका लागि सात जना केन्द्रीय नेताहरुलाई जिम्मा दिएको छ ।

    आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीको बैठकले प्रदेश महाधिवेशनका लागि ७ जना नेताहरुलाई जिम्मा दिने प्रस्ताव प्रस्तुत गरेको हो।



    जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश महाधिवेशन संयोजन गर्ने जिम्मा पाएको बूढानीलकण्ठ स्रोतले बताएको छ।



    यस्तै,बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरेको छ ।

    पार्टीका अनुसार प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार