Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १४ बर्षिया बालिका बलात्कारको अभियोगमा बूढानीलकण्ठबाट रसुवाका लाक्पा पक्राउ

    १४ बर्षिया बालिका बलात्कारको अभियोगमा बूढानीलकण्ठबाट रसुवाका लाक्पा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरीले चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रसुवा पाटीखर्क घर भइ राजधानीको बूढानीलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् । लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित युवतीको भनाइ छ ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार