Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालुवाटारमा ठाकुर-महतो र ओलीबीच चर्काचर्की, विश्वासको मत नदिने जसपाको निर्णय

    बालुवाटारमा ठाकुर-महतो र ओलीबीच चर्काचर्की, विश्वासको मत नदिने जसपाको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मत नदिने भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफुहरुले विश्वासको मत नदिने बताएका हुन्।



    आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै डेढ घन्टा कुराकानी गरेपश्चात्  ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताएका हुन्।



    प्रधानमन्त्री ओलीलाई आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता के हुँदैछ भन्ने ठाकुर र महतोको प्रश्नमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका रहेकाले प्रक्रियामा रहेको बताएका थिए।

    यस्तै, प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुर र महतोलाई विश्वासको मतबारे कुरा के हो भनेर सोध्दा उनीहरुले आफूहरुको माग सम्बोधन नभएको बताउदै विश्वासको मत नदिने र आफूहरु तटस्थ बस्ने बताएको बालुवाटार स्रोतले बताएको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार