Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवालाई खुशी बनाउन ओलीद्वारा रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले पूर्वसचिव माधव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषदको बैठकले झापाका रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।

यसअघि लोकसेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र पूर्वसचिव रेग्मीको नाम प्रस्तावित गरिएको थियो । तर, परिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस भएका रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । न्यायाधीश रेग्मीसहितको ईजलाशले नेपाल कम्युनिस्ट पार्टी विभाजन गर्ने फैसला गरेको थियो । कतिपयले नेकपा विभाजन गरेकोमा न्यायाधीश कुमार रेग्मीलाई प्रधानमन्त्री केपी ओलीले उपहार दिएको संज्ञा दिँदै आएका छन् ।

पछिल्लो समय  कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीप्रति असहमति प्रकट गर्दै आइरहेका बेला ओलीले देउवानिकट रेग्मीलाई लोकसेवाको अध्यक्ष नियुक्तिमा सिफारिस गरेका हुन्। ओलीको यस कदमले देउवालाई खुशी बनाउन खोजेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077