Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनीमा विशेष अधिवेशन माग गर्दै विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखलाई पत्र

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलहरुले अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको माग गरेका छन् ।

विपक्षी दलहरु (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी)का सांसदहरुले आज प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट गरेर विश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको माग गरेका हुन्।

उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

यसअघि आज बिहान ४० सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए  । प्रदेशसभामा ७९ जना सांसद छन् ।

जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077