Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजिनामा, प्रदेश प्रमुख पौडेलले गरिन् स्वीकृत

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

आज मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

भोलि अर्थात् सोमबार मुख्यमन्त्रीगुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर मतदान हुने कार्यसूची थियो ।

गुरुङले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजिनामा दिएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077