Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले विज्ञप्ति जारी गर्दै भने- पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफ गर्दैन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफी नगर्ने बताएका छन्।

सत्तारुढ दल एमालेको आन्तरिक विवाद चर्किरहेका बेला पार्टी अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफी नगर्ने बताएका हुन्।

आफ्नो पार्टीलाई फुटाउन, ढाल्नपराजित गर्न र विरोधीको स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वासको प्रस्ताव राख्ने, र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्, प्रधानमन्त्री ओलीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

पछिल्लो समय पार्टीका नेता माधवकुमार पक्ष र अध्यक्ष ओलीपक्षका नेताहरुबीच विवाद हुँदै आइरहेको छ। तर, पार्टीको विवाद समाधानका लागि अन्तिम प्रयासका लागि वार्ता भइरहेको समयमा अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिले विवाद समाधानको सम्भावना समाप्त भएको देखाएको छ।

यसअघि प्रधानमन्त्री ओलीले नेपालपक्षलाई रोक्न भन्दै आफूनिकट नेताद्वय सुवास नेम्वाङ र बिष्णुलाई वार्तामा पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077