Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपामा ह्वीप नलाग्ने, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन आउँदा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् ।

आज बसेको पार्टी पदाधिकारीहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेसँगै सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका हुन्।

पार्टीभित्र विवाद बढ्ने देखिएपछि सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरु तटस्थ बस्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष विपक्षमा मत हाल्ने पक्षमा रहेको छ ।

भोलि दिउँसो १ बजे प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077