Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साइबर आक्रमणपछि अमेरिकामा आपतकाल

    साइबर आक्रमणपछि अमेरिकामा आपतकाल

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । देशको ठूलो इन्धन वितरक कोलिनियल पाइलाइनमा साइबर आक्रमण भएपछि अमेरिकी सरकारले आपतकालीन अवस्था लागु गरेको छ।

    साइबर सुरक्षा राष्ट्रिय सुरक्षाका लागि नै गम्भीर चिन्ताको विषय रहेको भन्दै राष्ट्रपति जो बाइडेनले आपतकालीन अवस्था घोषणा गरेका हुन्।



    दैनिक दुई करोड ५० लाख ब्यारेल इन्धन वितरण गर्ने कोलोनियल पाइपलाइनको हेडक्वाटरमा साइबर आक्रमण भएको हो।



    अमेरिकाको पूर्वी क्षेत्रमा खपत हुने डिजेल, ग्यास तथा जेट फ्यूलको ४५ प्रतिशत हिस्सा कोलोनियल पाइपलाइन मार्फत वितरण हुने गर्छ।
    आपतकालीन अवस्था लागु भएसँगै इन्धनको ढुवानी सडक यातायात मार्फत हुने भएको छ।

    साइबर आक्रमणका कारण गएको शुक्रबारदेखि कोलोनियल पाइपलाइन पूर्ण रुपमा अफलाइन भएको छ। अझै पनि सेवा पुनः सुचारु गर्नका लागि प्रयास भइरहेको कम्पनीले जनाएको छ।

    विज्ञहरुले इन्धनको मूल्य सोमबार २–३ प्रतिशतले बढ्ने बताएका छन्। तर सेवामा परेको प्रभाव अझै केही दिन कायम रहेमा समस्या थप जटिल हुनेछ।

    डार्कसाइड नामक साइबर आपराधिक समूहले कोलोनियल पाइपलाइनको कम्प्युटर प्रणालीमा आक्रमण गरेको विभिन्न स्रोतबाट पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

    बिहीबार सो समूहले आक्रमण गरि झण्डै १०० जिबी डाटा चोरी गरेको बताइएको छ।
    आक्रमणकारीले ती डाटाहरु केही कम्प्युटर र सर्भरमा लक गरेका हुन्। आफूहरुलाई माग गरिए अनुसारको पैसा नदिएमा सम्पूर्ण जानकारीहरु चुहावट गरिदिने चेतावनी सो समूहले दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार