Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साइबर अपराध ‘रीभील र्‍यान्समवेयर’को सबैभन्दा ठूलो गिरोह रुसमा पक्राउ

    साइबर अपराध ‘रीभील र्‍यान्समवेयर’को सबैभन्दा ठूलो गिरोह रुसमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । रुसी अधिकारीहरूले साइबर हमला र फिरौतीमा संलग्न रीभील समूह तोड्न सफल भएको बताएका छन्। उक्त समूहका धेरै सदस्यमाथि मुद्दा चलाइएको छ।

    अमेरिकाले एक साइबर आक्रमणपछि उक्त समूहका सदस्यहरूलाई पत्ता लगाउनेलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने बताएको थियो।



    रुसको गुप्तचर विभाग एफएसबीले उक्त समूहको ‘अस्तित्व समाप्त भएको’ बताएको छ। तर, यो समूहका कुनै पनि रुसी सदस्य अमेरिका सुपुर्दगी हुने सम्भावना देखिएको छैन।



    गुप्तचर एजेन्सीले अमेरिकाले दिएको सूचनाका आधारमा रीभीलविरुद्ध कदम चालिएको बताएको छ। रुसको सरकारी समाचार सेवा तासका अनुसार रीभीलले ‘खराब सफ्टवेयर निर्माण गरेर’ विदेशी नागरिकका ब्याङ्क खाताबाट ‘सङ्गठित रूपमा पैसा चोरी’ गरेको थियो।

    एफएसबीले उक्त समूहबाट ६६ करोड नेपाली रुपैयाँ बराबर हुने ४० करोड रुसी मुद्रा रुबल र सात करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी बरामद गरेको जनाएको छ। उनीहरूबाट आपराधिक क्रियाकलापबाट खरिद गरिएका २० भन्दा धेरै महँगा कारहरू समेत बरामद गरिएको छ।

    एफएसबीले उक्त समूहबाट ६६ करोड नेपाली रुपैयाँ बराबर हुने ४० करोड रुसी मुद्रा रुबल र सात करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी बरामद गरेको जनाएको छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार